नेपालमा सबै कम्युनिष्ट पार्टीहरू एक हुन आवश्यक : वामदेव गौतम « Khabarhub

नेपालमा सबै कम्युनिष्ट पार्टीहरू एक हुन आवश्यक : वामदेव गौतम


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालमा सबै कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताए ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गौतमले सबै कम्युनिष्ट दलहरू गम्भीर भएर एकताबद्ध हुनुपर्ने बताएका हुन् ।

शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएको छ भने कुनै एक पार्टीले पहल लिनुपर्ने र बलियो कम्युनिष्ट पार्टीबाट मात्रै समाजवाद सम्भव भएको उनको भनाइ छ ।

उनले मञ्चमा रहेका अन्य कम्युनिष्ट नेताहरूलाई एउटै पार्टी बनाउनका लागि आफ्नो प्रस्तावलाई समर्थन गर्न आग्रह समेत गरे । उनले यसअघि आफ्नो पहलमा कम्युनिष्ट एकता भएपनि दिगो हुन नसकेको उल्लेख गरे ।

 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ६ : १९ बजे

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका