मौद्रिक नीतिले व्यवसाय सहज बनाउँछ: निर्माण उद्योग परिषद् | Khabarhub Khabarhub

मौद्रिक नीतिले व्यवसाय सहज बनाउँछ: निर्माण उद्योग परिषद्


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीति सहज व्यवसायको वातावरण बन्ने गरी आएको भन्दै स्वागत गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद्ले निर्माण क्षेत्रका साथै समग्र वित्तीय क्षेत्र समेत संकटमुक्त भई व्यवसाय गर्न सहज हुनेगरी मौद्रिक नीति आएको जनाएको हो ।

वर्तमान सरकारको पहलमा राष्ट्र बैंकले समस्या समाधान हुनेगरी मौद्रिक नीति सार्वजनिक गरेर आफ्ना मागहरू सम्बोधन गरेको भन्दै परिषद्ले धन्यवाद समेत दिएको छ ।

चेक तथा जमानत जफत गरी कालो सूचीमा र प्रहरी धरकपड भई गुज्रिरहेको निर्माण क्षेत्रलाई मौद्रिक नीतिले उचित सम्बोधन गरेको र संकटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सूचारु हुनको लागि मौद्रिक नीति कोसेढुङ्गा सावित हुने परिषद्का अध्यक्ष खोपनिधि लोहनीले बताए ।

उनले निर्माण क्षेत्रसम्बन्धी आफुहरूको केही मागहरू यसअघि नै सरकारसमक्ष राखेको भन्दै उक्त मागहरू पनि सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ६ : २७ बजे

पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु

एजेन्सी – युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा मङ्गलबार भएको रुसी हमलामा

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी

भक्तपुर – भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा ९एमाले०

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी

भक्तपुर – भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा ९एमाले०

हिमाचल प्रदेशमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं – भारतको उत्तर राज्य हिमाचल प्रदेशमा ठूलो पहिरो जाँदा

जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार

धनुषा – महोत्तरीको जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी