सौर्य एयरलाइन्सको विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे « Khabarhub

सौर्य एयरलाइन्सको विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।

एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै रहेको छ । सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अस्पतालमै रहेको छ ।

गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको दुर्घटनामा परेको थियो । जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो । 

विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ६ : २८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल