खाँदबारीका नेवार युवायुवतीलाई धिमेबाजासम्बन्धी २५ दिने प्रशिक्षण « Khabarhub

खाँदबारीका नेवार युवायुवतीलाई धिमेबाजासम्बन्धी २५ दिने प्रशिक्षण


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खाँदबारी – सङ्खुवासभाको खाँदबारी नगरपालिकाका नेवार युवायुवतीलाई धिमेबाजा, बाँसुरी, चर्या नृत्य र नेवारी भाषासम्बन्धी प्रशिक्षण दिइएको छ ।

नेवाः मिसा दबु खाँदबारी नगरको आयोजनामा खाँदबारी आसपासका ६० युवायुवतीलाई धिमेबाजालगायत नेवारी संस्कार र संस्कृतिबारे २५ दिने प्रशिक्षण दिइएको हो ।

नेवार बस्तीमा परापूर्वकालदेखि बजाइँदै आएको धिमे बाजाको प्रवर्द्धन गर्न युवायुवतीका लागि आयोजना गरिएको प्रशिक्षण आज सम्पन्न भएको नेवाः मिसा दबु खाँदबारीकी अध्यक्ष रसिला शाक्यले बताए ।

नेवारी संस्कृतिमा हरेक कामको सुरुआत गर्नुअघि धिमेबाजा आवश्यक पर्ने भएकाले पछिल्लो पिँढीका युवायुवतीलाई धिमे, बाँसुरी र चर्या नृत्य सिकाइएको उनले जानकारी दिए ।

“पुरानो पुस्ताले नेवारी संस्कृति र सीपका बारेमा पुस्ता हस्तान्तरण गर्न प्रशिक्षण आयोजना गरिएको हो । यसलाई निरन्तरता दिने र थप युवायुवती तयार पार्ने हाम्रो योजना छ”, अध्यक्ष शाक्यले भने । ।

प्रशिक्षणमा १२ देखि २५ वर्ष उमेर समूहका नेवार समुदायका युवायुवतीलाई सहभागी गराइएको थियो । धिमे नेवार समुदायमा सबैभन्दा प्रचलित बाजा हो । यो बाजा नेवार समुदायका विभिन्न चाडपर्व, जात्रा, परम्परा, भोज आदिमा बजाइन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको