काठमाडौं – ग्लोबल टी–२० क्यानडा लिगमा भ्यानकुभर नाइट्सले बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र अलराण्डर दिपेन्द्र सिंह ऐरी सम्मिलित भ्यानकुभरले टस जितेर पहिले बलिङ रोजेपछि बंगला टाइगर्सले ब्याटिङ गरिरहेको छ ।
आजको खेलमा नेपालका दुवै खेलाडी प्लेइङ ११ मा छन् । पहिलो खेलमा भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो ।
भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएका थियो । टोरन्टोका कप्तान कोलिन मुन्रोले बनाएको ४४ रन नै टोलीका लागि सर्वाधिक रह्यो। रासिइ भान डार डुसेन ३१ र निकोलन किर्तन ४ रनमा अविजित रहेका थिए ।
सन्दीपले आफ्नो स्पेलमा २९ रन खर्चेर १ विकेट लिएका थिए । ब्याटिङ तर्फ भ्यानकुभर ३ बल अगावै १ सय १० रन बनाउँदा अलआउट भएको थियो । रेजा हेन्रिक र मुनिर अहमदले समान २३ रन सन्दीपले १५ रन बनाएका थिए ।
यस्तै नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले आजै राति पौने २ बजे ब्रैम्प्टन वुल्भ्ससँग खेल्दैछ ।
प्रतिक्रिया