भारतमा हेलिकोप्टर कारखाना खोल्न टाटा र एअरबसबीच सम्झौता « Khabarhub

भारतमा हेलिकोप्टर कारखाना खोल्न टाटा र एअरबसबीच सम्झौता


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय कम्पनी टाटा र युरोपेली हवाईजहाज उत्पादक कम्पनी एअरबसबीच भारतमा हेलिकोप्टर कारखाना स्थापना गर्ने विषयमा सम्झौता भएको छ ।

टाटा र एअरबस हेलिकोप्टरबीच भारतमा एच १२५ निर्माणका लागि ‘फाइनल एसेम्बली लाइन’ स्थापना गर्ने विषयमा सम्झौता भएको हो ।

फार्नबोरो अन्तर्राष्ट्रिय हवाइ प्रदर्शनीका क्रममा दुई कम्पनीबीच भारतमा कारखाना स्थापना गर्ने विषयमा सम्झौता भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतमा पहिलो पटक निजी कम्पनीले हेलिकोप्टरको एसेम्बली लाइन कारखाना खोल्न लागेको जनाइएको छ । कारखानाको स्थान पहिचान गर्न दुबै पक्षले काम गरिरहेको र यसबारे चाँडै घोषणा हुने अपेक्षा गरिएको छ ।

टाटा र एअरबसले स्थापना गर्ने उक्त कारखानाले एअरबसको एच १२५ हेलिकोप्टर निर्माण गर्ने एएनआईले जनाएको छ । यस कारखानाबाट उत्पादित हेलिकोप्टर भारतसँगै छिमेकी मुलुकले पनि खरिद गर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ९ : ५७ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो