पृथ्वीराजमार्गको मापदण्डभित्रका घरटहरा नभत्काए सुविधा रोकिने « Khabarhub

पृथ्वीराजमार्गको मापदण्डभित्रका घरटहरा नभत्काए सुविधा रोकिने


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तनहुँ – बन्दीपुर गाउँपालिका कार्यालयले पृथ्वीराजमार्गको सडक मापदण्डभित्रका घरटहरा तत्काल नहटाए सेवा सुविधा रोक्ने जनाएको छ ।

घरधनीले स्वतःस्फुर्त रूपमा घरटहरा नभत्काए वडा कार्यालय र गाउँपालिकाबाट प्रदान गरिने सुविधा रोक्ने पालिकाले जनाएको हो ।

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पटकपटक घरटहरा हटाउन सूचना प्रकाशन गरे केहीले अटेर गरेपछि यस्तो निर्णय गर्नुपरेको बताए ।

“यसअघि पटक–पटक सूचना प्रकाशन गरी सडक मापदण्डभित्रका संरचना हटाउन ताकेता गरे पनि केही घरधनीले अटेर गर्दै आएका छन् । त्यसैले तत्काल संरचना नहटाए वडा कार्यालय र गाउँपालिकाबाट सुविधा रोक्नुका साथै कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउन थालेका हौँ”, उनले भने ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुई खण्डमा गरी सडक विस्तारको काम भइरहेको छ । सडक मापदण्डभित्रका संरचना नहटाइदिँदा सडक विस्तारका कार्य प्रभावित भएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १० : ४२ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा