पृथ्वीराजमार्गको मापदण्डभित्रका घरटहरा नभत्काए सुविधा रोकिने « Khabarhub

पृथ्वीराजमार्गको मापदण्डभित्रका घरटहरा नभत्काए सुविधा रोकिने


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तनहुँ – बन्दीपुर गाउँपालिका कार्यालयले पृथ्वीराजमार्गको सडक मापदण्डभित्रका घरटहरा तत्काल नहटाए सेवा सुविधा रोक्ने जनाएको छ ।

घरधनीले स्वतःस्फुर्त रूपमा घरटहरा नभत्काए वडा कार्यालय र गाउँपालिकाबाट प्रदान गरिने सुविधा रोक्ने पालिकाले जनाएको हो ।

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पटकपटक घरटहरा हटाउन सूचना प्रकाशन गरे केहीले अटेर गरेपछि यस्तो निर्णय गर्नुपरेको बताए ।

“यसअघि पटक–पटक सूचना प्रकाशन गरी सडक मापदण्डभित्रका संरचना हटाउन ताकेता गरे पनि केही घरधनीले अटेर गर्दै आएका छन् । त्यसैले तत्काल संरचना नहटाए वडा कार्यालय र गाउँपालिकाबाट सुविधा रोक्नुका साथै कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउन थालेका हौँ”, उनले भने ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुई खण्डमा गरी सडक विस्तारको काम भइरहेको छ । सडक मापदण्डभित्रका संरचना नहटाइदिँदा सडक विस्तारका कार्य प्रभावित भएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १० : ४२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार