‘प्रचण्ड अब सत्ताको खेलमा छैन, सरकार एक्लै चलाउने हो’ « Khabarhub

‘प्रचण्ड अब सत्ताको खेलमा छैन, सरकार एक्लै चलाउने हो’

संसद्‌मा स्वीकारे तीन कमजोरी


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम्‌ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब सत्ताको खेलमा नलाग्ने, बरु माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहमा पार्टी पुनःगठन गर्ने बताएका छन्‌ ।

वर्तमान सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) लाई बीचैमा झगडा गरेर ‘लौ न  प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन चाहिँ नआइदिन पनि दाहालले संसद्‌बाटै ‘अनुरोध’ गरे ।

मंगलबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सरकारप्रति आक्रोश पोखेका दाहालले वर्तमान सत्ता गठबन्धनको भविष्यप्रति शङ्का बढाउँदै भने, ‘कांग्रेस एमालेका साथीहरूलाई म यही रोष्टमबाट आग्रह गर्छु- प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन । तपाईंहरूकहाँ सत्ताको हिस्सेदारी माग्न आउने छैन ।’

दाहालले थपे, ‘हाम्रो ध्यान आन्दोलनको पुनःगठनमा छ । त्यही पुनःगठनको बलमा हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहमा पार्टी बनाउँछौं । पहिला पनि बनाएकै हौँ, अब पनि बनाउँछौँ । त्यतिबेलासम्म कृपया तपाईंहरू दुईवटा पार्टी मिलिराख्नुहोला ।  फेरि बीचैमा झगडा गरेर ‘लौ न  प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन चाहिँ नआइदिनुहोला ।’

दाहालको सम्बोधन सुनिरहेका प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका दाहालले यसबीच आफूहरू (माओवादी नेता/कार्यकर्ता)ले तीन कमजोरी गरेको पनि बताए । जनतासँग सम्वाद, व्यवहार र वर्गीय पक्षधरतामा कमजोरी भएको उनको भनाइ थियो ।

‘म यही संसद्‌बाट स्वीकार गर्छु- यसबीच हाम्रा केही कमजोरी भए । जनतासँग सम्वादका कमजोरी भए, व्यवहारका कमजोरी भए, वर्गीय पक्षधरतामा कमजोरी भए,’ दाहालले भने ।

राजनीतिक सहमति पालना नगरेको भनी लाग्ने गरेको आरोपमा दाहालले नेपालको इतिहासमा सत्ताको वितरणको राजनीतिक सम्झौता केवल एकपटकमात्र र केवल एक व्यक्तिले मात्र पालना गरेको तथा त्यो व्यक्ति आफू अर्थात्‌ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै भएको पनि दाबी गरे ।

उनले सत्तारुढ दलहरू माओवादीको कमजोरीमा खेलेर सीमान्त वर्गका प्राप्त अधिकार खोस्न चल्मलाउन खोजेको आरोप पनि लगाए । भने, ‘माओवादी कमजोर भयो कि भनेर विभिन्न खालका चलखेल गर्दै हुनुहुन्छ । समापन भइसकेको राजनीतिक क्रान्तिको दस्तावेज फेरि उल्ट्याउने प्रयास गर्दै हुनुहुन्छ ।’

माओवादीको ध्यान अब सत्तामा नरहेको र सत्तारुढ दलले गर्ने चलखेलको प्रतिरोध गर्ने कुरामा केन्द्रित भएको पनि दाहालको दाबी छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : ०७ बजे

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

काठमाडौं -सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका

मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो

काठमाडौं– जेठ महिनाका लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छायाँ

नयाँ दिल्ली- इरान युद्धका कारण चर्किएको ऊर्जा सङ्कट, अस्थिर तेल

कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)