एकीकृत समाजवादीमा पदाधिकारीको निर्वाचन आज « Khabarhub

एकीकृत समाजवादीमा पदाधिकारीको निर्वाचन आज


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयनका लागि आज निर्वाचन गर्ने भएको छ ।

आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो ।

आज बिहान ७ बजे मनोनयनपत्र वितरण, ७ः३० देखि ८ः३० बजेसम्म मनोनयन दर्ता गर्ने तालिका छ । यस्तै अन्य बाँकी प्रक्रिया पूरा गरेपछि गरेपछि मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, दिउँसो २ देखि ५ बजेसम्म मतदान तथा बेलुका ६ बजेबाट मतगणना सुरु गरिने कार्यतालिका रहेको छ ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औँ महाधिवेशनले २१ पदाधिकारीमध्ये पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई सर्वसम्मत चयन गरेको थियो ।

बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेपछि निर्वाचनको प्रक्रिया रोजिएको हो । एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटी छ ।

यो पनि…
चुनावतिर एकीकृत समाजवादी : १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि मंगलबार मतदान

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ६ : ५५ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना