प्रचण्डले आजको संसद बैठकमा सम्बोधन गर्ने « Khabarhub

प्रचण्डले आजको संसद बैठकमा सम्बोधन गर्ने


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संसदको विशेष समयमा प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, संक्रमणकालीन न्याय र समसामयिक विषयमा धारणा राख्ने बताइएको छ ।

आजको बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ११ : ०७ बजे

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई