भारत यसैवर्ष तेस्रो ठूलो अर्थतन्त्र बन्छ : आईएमएफ उपनिर्देशक गोपिनाथ « Khabarhub

भारत यसैवर्ष तेस्रो ठूलो अर्थतन्त्र बन्छ : आईएमएफ उपनिर्देशक गोपिनाथ


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की उपनिर्देशक डा. गीता गोपिनाथले यसै वर्ष भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने आफ्नो अपेक्षा रहेको बताएकी छिन् ।

इण्डिया टुडेसँगको कुराकानीका क्रममा डा. गोपिनाथले यसैवर्ष भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने आफूले अपेक्षा गरेको बताएकी हुन् ।

उनले अघिल्लो आर्थिक वर्षमा भारतले अपेक्षाभन्दा निकै राम्रो वृद्धिदर हासिल गरेको उल्लेख गरिन् । भारतीय अर्थतन्त्रमा निजी उपभोगमा सुधार आइरहेको उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा भारतको निजी उपभोगको वृद्धि ४ प्रतिशत आसपास रहेको र यस वर्ष ग्रामीण भेगको उपभोगमा सुधार देखिएको उनले बताइन् ।

मनसुनको समयमा राम्रो रहेको उल्लेख गर्दै डा. गोपिनाथले अन्न उब्जनीमा पनि राम्रो प्रगति हुने आफ्नो प्रक्षेपण रहेको बताइन् ।

आईएमएफले आफ्नो प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२४–२५ मा भारतको अर्थतन्त्र ७ प्रतिशतले वृद्धि हुने जनाएको छ । भारत सरकारले भने यस वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १२ : ३९ बजे

गोरखा-१ मा सुधन गुरुङ र प्रेम खत्रीको कडा प्रतिस्पर्धा : कांग्रेस चार मतले अगाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली– एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.