एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध « Khabarhub

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध भएका छन् ।

यही आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेपछि निर्वाचन लाने निर्णय भएको थियो ।

१८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि मंगलबार निर्वाचन हुँदैछ । निर्वाचनका क्रममा वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध भएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका घनेन्द्र बस्नेतले नाम फिर्ता लिएसँगै पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

गत असार १६-२० सम्म काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन भएका थिए ।

२१ सदस्यी पदाधिकारीमा १८ जनाका लागि निर्वाचन हुने तालिका थियो । तर पाण्डे निर्विरोध भएपछि अब १७ पदाधिकारी पदमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  १ : १८ बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज