प्रस्तावित १७ राजदूतहरूको संसदीय सुनुवाइ भदौ १४ बाट « Khabarhub

प्रस्तावित १७ राजदूतहरूको संसदीय सुनुवाइ भदौ १४ बाट


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भाद्र १४ गतेदेखि सुरु गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यतालिका पारित गरेको हो ।

कार्यतालिका अनुसार भदौ १४ गते समितिले प्रस्तावित राजदूतहरूमाथि परेका उजुरीका उजुरीकर्ताहरूसँग छलफल गर्नेछ । बिदाको दिन बाहेक भदौ १६ देखि २५ सम्म प्रस्तावित राजदूतहरूबारे संसदीय सुनुवाइ हुने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

उनले राजदूत सिफारिसका विषयमा परराष्ट्रमन्त्रीसँग पनि छलफल गर्ने निर्णय भएको बताइन् । संविधान अनुसार समावेशीताको आधारमा राजदूत सिफारिस भए/नभएको र नभएको भए त्यसको कारणबारे परराष्ट्रमन्त्रीसँग जानकारी लिइने उनले बताइन् ।

बैठकमा समिति सदस्यहरूले राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरेको धारणा राखेका थिए । सांसद्‌ जीवन परियारले पछि परेका समुदायको सहभागिताबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले सम्बोधन गर्न नसकेको बताए । कर्मचारी बाहेकबाट राजदूत सिफारिस गर्दा समावेशीलाई ध्यान दिन उनले सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै, सांसद्‌ जनार्दन शर्माले संविधानले दिएको अधिकार कार्यान्वयन गर्न समावेशीतालाई ध्यान दिनुपर्ने उल्लेख गरे । संविधानलाई सही ढंगले कार्यान्वयन गर्न नसके आगामी दिनमा समस्या आउन सक्ने उनको भनाइ छ ।

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  २ : ०७ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा