प्रस्तावित १७ राजदूतहरूको संसदीय सुनुवाइ भदौ १४ बाट « Khabarhub

प्रस्तावित १७ राजदूतहरूको संसदीय सुनुवाइ भदौ १४ बाट


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भाद्र १४ गतेदेखि सुरु गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यतालिका पारित गरेको हो ।

कार्यतालिका अनुसार भदौ १४ गते समितिले प्रस्तावित राजदूतहरूमाथि परेका उजुरीका उजुरीकर्ताहरूसँग छलफल गर्नेछ । बिदाको दिन बाहेक भदौ १६ देखि २५ सम्म प्रस्तावित राजदूतहरूबारे संसदीय सुनुवाइ हुने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

उनले राजदूत सिफारिसका विषयमा परराष्ट्रमन्त्रीसँग पनि छलफल गर्ने निर्णय भएको बताइन् । संविधान अनुसार समावेशीताको आधारमा राजदूत सिफारिस भए/नभएको र नभएको भए त्यसको कारणबारे परराष्ट्रमन्त्रीसँग जानकारी लिइने उनले बताइन् ।

बैठकमा समिति सदस्यहरूले राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरेको धारणा राखेका थिए । सांसद्‌ जीवन परियारले पछि परेका समुदायको सहभागिताबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले सम्बोधन गर्न नसकेको बताए । कर्मचारी बाहेकबाट राजदूत सिफारिस गर्दा समावेशीलाई ध्यान दिन उनले सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै, सांसद्‌ जनार्दन शर्माले संविधानले दिएको अधिकार कार्यान्वयन गर्न समावेशीतालाई ध्यान दिनुपर्ने उल्लेख गरे । संविधानलाई सही ढंगले कार्यान्वयन गर्न नसके आगामी दिनमा समस्या आउन सक्ने उनको भनाइ छ ।

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  २ : ०७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल