चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्छ : कृषिमन्त्री अधिकारी « Khabarhub

चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्छ : कृषिमन्त्री अधिकारी


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा उत्पादित अर्थोडक्स चिया बजारीकरणलाई आवश्यक सहजिकरण गर्ने बताएका छन्  ।

नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवम् ५८ कारखानाका एकसय बढी प्रकारको चिया प्रदर्शनी कार्यक्रमको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै अधिकारीले अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियासँग प्रतिस्पर्धा गर्न सक्ने भएकाले यसको बजारीकरणलाई सहजीकरण गर्ने बताएका हुन् ।

उनले नेपाली चियाको बजारिकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्नेमा जोड दिए। नेपालको अर्थोडक्स चिया परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको एक सम्पदा समेत भएको उनको भनाइ छ ।

उनले नेपाली चियाको आन्तरिक खपत वृद्धि गर्नका लागि गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  २ : १८ बजे

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक