सीएमएएओको अध्यक्षमा डा. अनिल कार्की निर्वाचित « Khabarhub

सीएमएएओको अध्यक्षमा डा. अनिल कार्की निर्वाचित


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एशिया तथा मध्य र दक्षिणी प्रशान्त महासागर क्षेत्रका चिकित्सकहरुको छाता संस्था कन्फेडेरेसन् अफ मेडिकल एसोसिएशन ईन एशिया एण्ड ओसियानिया (सीएमएएओ)को अध्यक्ष पदमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन् ।

सीएमएएओको फिलिपिन्सको मनिलामा सम्पन्न ३८ औं साधारण सभा तथा ५९ औं परिषद् बैठकले डा कार्कीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

डा. कार्कीले सन् २०२५ देखि २०२६ सम्म सीएमएएओको नेतृत्व गर्नेछन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीले नेपालका लागि यो ठूलो उपलब्धि र अवसर भएको बताउँदै आफ्नो नेतृत्वसँगै सीएमएएओ ३९ औं वार्षिक साधारण सभा २०२५ मा नेपालमा हुने जानकारी दिए ।

फिलिपिन्समा गत शनिबारदेखि सोमबारसम्म चलेको सम्मेलनमा नेपालका तर्फबाट डा. कार्कीसहित चिकित्सक संघका महासचिव डा. सञ्जिब तिवारीले कार्यपत्र समेत प्रस्तुत गरेका छन् ।

सभाले चिकित्सकहरुका साझा सवालबारे १० बुँदे घोषणापत्र समेत जारी गरेको छ। सभाले स्वास्थ्य सेवाका क्षेत्रमा महिलाहरुको योगदानलाई कदर गर्ने, समावेशी र समतामूलक कार्यस्थलको प्रवर्द्धन गर्ने, महिलाहरुको नेतृत्वलाई सहयोग गर्ने, क्षमता अभिवृद्धि र मेन्टरसिप कार्यक्रमको विकास गर्ने, कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्ने लगमयतबम विषय घोषणामा उल्लेख छ ।

सीएमएएओमा नेपाल चिकित्सक संघसहित जापान, कोरिया, अस्ट्रेलिया, हङ्गकङ्ग, इन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, कम्बोडिया, मकाउ लगायतका देशका मेडिकल एसोसिएशनहरु आवद्ध छन् ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ४ : ०४ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट