चीनको जासुसी विमान आफ्नो क्षेत्रमा प्रवेश गरेको जापानको आरोप | Khabarhub Khabarhub

चीनको जासुसी विमान आफ्नो क्षेत्रमा प्रवेश गरेको जापानको आरोप


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानले चिनियाँ विमानलाई घुसपैठ गरेको आरोप लगाएको छ । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको हो ।

चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ । चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रहेको बताइएको छ । यसपछि जापानले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो । कुरा डान्जो टापुको हो ।

जापानले यस घटनालाई पूर्ण रूपमा अस्वीकार्य घटना भनेको छ । साथै जापानले यस घटनाको विरोध गर्दै  चिनियाँ दूतावासका अधिकारीलाई बोलाएर स्पष्टीकरण सोधेको छ । जापानी प्रसारक एनएचकेका अनुसार सोमबारको यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिएको थियो । तर फ्लेयर गन जस्तो कुनै हतियार प्रयोग भएन ।

जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँगको यो घुसपैठको विरोध गर्ने बताएको छ । साथै जापानले आगामी दिनमा यस्तो नहोस् भनेर पनि माग गरेको छ । यस विषयमा चीनबाट आधिकारिक प्रतिक्रिया आएको छैन । न्युजकारखानाबाट

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ४ : ०२ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’