सशस्त्रमा ३० वर्षे हटाउन सर्वोच्चद्वारा अस्वीकार, डीआईजीसहित १८ अधिकृत अवकाशमा जाँदै « Khabarhub

सशस्त्रमा ३० वर्षे हटाउन सर्वोच्चद्वारा अस्वीकार, डीआईजीसहित १८ अधिकृत अवकाशमा जाँदै


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा कायम ३० वर्षे सेवा अवधि हटाउन अस्वीकार गरेको छ ।

सशस्त्रमा रहेको ३० वर्षे सेवा अवधि हटाउन मागसहित दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएको हो ।

यससँगै १६ भदौमा अवकाशमा जान लागेका अधिकृतहरूको पद थमौती नहुने निश्चित भएको छ ।

सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवाअवधि लागु नगर्न माग गर्दै निवेदकहरूले अन्तरिम आदेश माग गरेका थिए । तर न्यायाधीश सारंगा सुवेदीको इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको हो ।

सशस्त्रका १८ जना अधिकृतहरू ३० वर्षे सेवाअवधिका कारण यही १६ भदौदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनीहरूमध्ये डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले ३० वर्षे सेवाअवधिविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।

यस प्रकरणमा सर्वोच्चले सरकार सँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

यसअघि नेपाल प्रहरीका २१ जना प्रहरी अधिकृतले ३० वर्षे सेवाअवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

नेपाल प्रहरीका अधिकृतहरूको रिटमा भने सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले गत बिहीबार ३० वर्षे सेवाअवधिबाट अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको थियो ।

तर नेपाल प्रहरीको सेवाअवधिकबारेको रिटमा अन्तरिम आदेश दिएको सर्वोच्चले सशस्त्रको हकमा अर्कै मापदण्ड अपनाउँदै आदेश दिएको छ ।

सर्वोच्चबाट अन्तरिम आदेश मिलेपछि १६ भदौदेखि अवकाशमा जान लागेका नेपाल प्रहरीमा रहेका ९० जना अधिकृतहरूको जागिर तत्काललाई थामिएको छ ।

नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि लागु नहुने गरी आदेश आएपछि सशस्त्र प्रहरी बलका अधिकृतले पनि यही आइतबार रिट हालेका थिए । तर सशस्त्रको हकमा सर्वोच्चले ३० वर्षे कायमै रहने गरी कारण देखाऊ आदेश दिएको हो ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ४ : ०९ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ