टुँडिखेल घटनाबारे रवि लामिछाने- जनताको हस्तक्षेप सुरु भयो, दलहरू सच्चिनुपर्छ « Khabarhub

टुँडिखेल घटनाबारे रवि लामिछाने- जनताको हस्तक्षेप सुरु भयो, दलहरू सच्चिनुपर्छ


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले राजनीतिक दलहरू सच्चिनुको विकल्प नरहेको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले राजनीतिक दल र नेताहरूप्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको बताएका हुन् ।

आमनागरिकले राजनीतिक दललाई चासोसाथ हेर्न थालेको भन्दै उनले हस्तक्षेप नै गर्न सुरु गरिसकेको आभाष सोमबारको टुँडिखेल घटनाबाट देखिएको बताए ।

लामिछानेले दुईतिहाइको सरकारमाथि ठूलो घण्टी बजिसकेको बताउँदै नतिजामुखी काम गर्न सक्नुपर्ने धारणा पनि राखेका छन् ।

रास्वपाले सदनबाट जनचासोका विषयलाई थप प्रभावकारी ढंगले उठाउने पनि लामिछानेले बताएका छन् ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ४ : २२ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको