मोदी र पुटिनबीच कुराकानी « Khabarhub

मोदी र पुटिनबीच कुराकानी


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । दुवै नेताले रुस र युक्रेनबीच जारी युद्धका बारेमा कुराकानी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मोदीले पुटिनसँग कुराकानी गरेको जानकारी दिँदै लेखेका छन्- ‘राष्ट्रपति पुटिनसँग आज कुराकानी भयो । हामीले रूससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई सुदृढ गर्ने उपायहरूबारे छलफल गर्‍यौँ । हामी दुवैले रुस-युक्रेन द्वन्द्वमा हाम्रो विचार आदानप्रदान गर्‍यौँ र युक्रेनको भ्रमण पछि हाम्रो अन्तर्दृष्टिको बारेमा छलफल गर्‍यौँ । हामीले राष्ट्रपति पुटिनलाई भन्यौँ कि भारत यो द्वन्द्व अन्त्य गर्नको लागि चाँडो, दिगो र शान्तिपूर्ण समाधान खोज्न पूर्ण रूपमा प्रतिबद्ध छ ।’

प्रधानमन्त्री मोदीले सोमबार मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि फोनमा कुरा गरेका थिए । मोदीले अमेरिकी राष्ट्रपति बाइडेनसँग युक्रेनको वर्तमान अवस्थाको विषयमा कुरा गरेको बताएका थिए । हालै मात्र मोदीले युक्रेनको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ५ : ४१ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको