डढेलो नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छ : मन्त्री ठकुरी | Khabarhub Khabarhub

डढेलो नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छ : मन्त्री ठकुरी


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोको प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदको मौखिक प्रश्नहरूको जवाफ दिँदै उनले डढेलो नियन्त्रण गर्न उद्धारका लागि हेलिकप्टर अत्यावश्यक र प्रभावकारी हुने भए पनि सीमित स्रोत तथा साधन र बजेट पर्याप्त नभएको जानकारी गराए ।

मन्त्री ठकुरीले डढेलो नियन्त्रणका लागि पूर्व तयारी सम्बन्धमा सचेतना सप्ताह सञ्चालन गर्दै आइएको, हरेक जिल्लामा तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिएको, अग्निपथ एवं अग्निरेखा निर्माण गरेको र सम्पूर्ण सरोकारवालालाई तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको जानकारी गराए ।

उनले डढेलो लाग्ने मौसममा हरेक जिल्लामा ‘डढेलो नियन्त्रण दस्ता’ भर्ना, तालिमको व्यवस्था, साधनहरू उपलब्ध गराई काममा लगाउने गरिएको जानकारी गराए ।

उनले सबै स्थानीय तहमा यस वर्ष भरी वृक्षारोपण अभियान कार्यक्रम सञ्चालन गरिने र एक करोड बिरुवा रोप्ने लक्ष्य लिएको उल्लेख गरे ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ६ : १० बजे

प्यालेस्टाइन कहिल्यै राष्ट्र बन्नेछैन : नेतन्याहू

एजेन्सी – इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले प्यालेस्टाइन कहिल्यै स्वतन्त्र राष्ट्र

नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार : इप्पान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ आन्तरिक

मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै

ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो

ललितपुर– जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा

बेनीमा मौलिक सम्पदाको संरक्षण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारमा मौलिक सम्पदाको निर्माण र पुनर्निर्माण