नाडा अटो शोमा केइको ३ मोडलका गाडी सार्वजनिक « Khabarhub

नाडा अटो शोमा केइको ३ मोडलका गाडी सार्वजनिक


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शो २०२४ को पहिलो दिन आज स्टल एच-१६ बाट ३ मोडलका गाडी सार्वजनिक गरी बुकिङ खुलाएको छ । यी तीन मोडल ई-क्युटे ०२, ई-क्युटे ०४ र एक्स३ प्राे ईभी हुन्‌ ।

ई-क्युटे०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा २०० किलोमिटर रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मूल्य कायम गरिएको छ भने ३०० कि.मी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ ।

ई-क्यु०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसैगरी ई-क्यु०४,३०० किलोमिटर रेन्जको मूल्य २४ लाख ९६ हजार रुपैयाँ छ । यसमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसैगरी तेस्रो मोडल एक्स३ प्राे ईभी इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

नाडा स्पेसल अफर अन्तर्गत केइ गाडी खरिदमा ग्राहकले ७.३ किलोवाट को वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो शो उद्घाटन गरेका हुन्‌ ।

याे पनि….
नाडा अटो शोमा केइले ३ मोडेलका गाडी सार्वजनिक गर्ने

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ६ : ५५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको