नाडा अटो शोका आकर्षण विद्युतीय कार (तस्बिरहरू) | Khabarhub Khabarhub

नाडा अटो शोका आकर्षण विद्युतीय कार (तस्बिरहरू)

लञ्च भएकै दिन आउन थाल्यो अर्डर


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नाडा अटो शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा यो अटो शो सुरु भएको हो । अटो शो भदौ १६ गतेसम्म चल्ने छ ।

यसमा सबैभन्दा बढी विद्युतीय गाडी छन् । अटो शोमा घुम्न आउनेको आकर्षण यिनै गाडी भएका छन् । अटो शोको औपचारिक उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरे ।

शोमा सबैभन्दा बढी विद्युतीय गाडीहरूको प्रदर्शन गरिएको छ । विभिन्न कम्पनीहरूले नयाँ इभी गाडी लञ्च गरेका छन् ।

जसमा आज लञ्च भएको सबैभन्दा महंगो गाडीमा एमजी मोटर्सको २ सिटको स्पोर्टस कार छ । यसको डिजाइन पनि आकर्षक छ । विभिन्न कम्पनीले शोमा आकर्षक अफर पनि ल्याएका छ्न् ।

एमजीको यो गाडीको ब्याट्री ७७ किलोवाट र मोटर २५० किलोवाटको छ । यसको ड्राइभिङ रेन्ज ५ सय किलोमिटर छ ।

यो गाडी ५ वटासम्म कलर भेराइटीमा पाउन सकिन्छ । यसको मूल्य १ करोड ६८ लाख छ । मार्केटमा आएका इभीहरूभन्दा यो केही महंगो रहेको एमजी मार्टसका सेल्स अफिसर शिरिष उपाध्यायले बताएका छन् ।

उनका अनुसार लञ्च भएको केही बेरमै यो गाडी ४ वटा अर्डर भइसकेका छन् । शोका लागि ल्याइएको उक्त गाडी बिक्री भएको उनले बताए ।

यस कारमा क्यामेरादेखि ४ वटा स्क्रिन छन् । यसको टायरदेखि लिएर सिटसम्म सबै लक्जरियस भएकाले ग्राहकहरू आकर्षित भएको उपाध्यायले बताएका छन् ।

इभीमा सबैभन्दा बढी माइलेज दिनेमा जी माटर्सले नेपालमा ल्याएको स्काईवेल बी ११ छ । यसको माइलेज रेन्ज ६२० किलोमिटर छ ।

यसमा ब्याट्री ८६ किलोवाटको छ । यसको मोटर १ सय ५० किलोवाटको छ । यस गाडीमा ४ वटा सिट छन् । जसमा पछाडिका दुईवटा सिट फोल्ड गरेर सुत्न मिल्ने बनाउन मिल्छ ।

यस्तै, यस गाडीबाट अन्य गाडीहरूलाई पावर पनि दिन मिल्छ । यसभित्रै इनडक्सन चुलो प्रयोग गर्न मिल्ने सुविधा पनि छ ।

यसको मूल्य १ करोड ५० लाख छ । नाडा अटो शोमा ५ लाख छुट गरिएको छ । यसमा पनि ४ वटा कलर उपलब्ध छन् ।

यस्तै, लिपमोटरको सी–१०, एक्सपेङको जी–६, जिकरको एक्स, अवतारको अवतार–११ र चांगनको डिपल एल–०७ गाडी पनि आकर्षक छन् । डिपलबाहेक अन्य सबै ब्रान्ड मंगलबार नै नाडा अटो शोमा लञ्च भएका हुन् ।

५ वटै प्रिमियम इलेक्ट्रिक गाडीको फिचर र पावरट्रेन उस्तै छ । यी गाडीको मूल्य ७० लाखदेखि १ करोड ६० लाखसम्म छ ।

शोमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनका लागि राखिएको छ ।

३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् । जसमा १३० स्टलहरू रहेका छन् ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ६ दिनको अवधिमा ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको छ । शोमा १५ देखि २० अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ७ : ४२ बजे

क्रकेटर शरद भेषावकरलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं – नेपाली क्रिकेटका हस्ती शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

स्पेनिस ला लिगा : स्प्यान्योलमाथि भिल्लारियलको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले स्प्यान्योललाई हराएको छ ।

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा