पून्यमानलाई भेट्रान चेस उपाधि « Khabarhub

पून्यमानलाई भेट्रान चेस उपाधि


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ मेमोरियल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन्। ७ चरणको खेलमा उनले ५.५ अंक जोडे। समान अंक भएका बद्रीलाल नेपाली दोस्रो, गणेशमान दुवाल तेस्रो र नवीन तण्डुकार टाइब्रेकको आधारमा दोस्रोदेखि चौथो भए।

५ अंक भएका पूर्णराज खड्का पाँचौ, विलमलाल श्रेष्ठ छैटौ, राजेन्द्र बज्राचार्य सातौ, जनार्दन श्रेष्ठ आठौ, भिम दत्त पाण्डे नवौ तथा अबिरल राई दशौ भए।

उपाधि विजेता कमाचार्यले ३० हजार रुपैयाँ तथा उपविजयी नेपालीले २० हजार तथा तेस्रो हुने दुवालले १५ हजार रुपैया पुरस्कार पाए। चौथो हुने खेलाडीले १० हजार तथा पाँचौ हुने खेलाडीले सात हजार रुपैयाँ पुरस्कार पाए। छैटौदेखि १० औँ स्थान हात पार्ने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाए।

विजेता खेलाडीहरुलाई पूर्वयुवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कार वितरण गरे। समापन कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला विशेष अतिथी थिए।

यसैगरी, नेपाल बुद्धीचाल महासंघका अध्यक्ष हेराकाजी मर्हजन, पूर्वअध्यक्ष विदुर गौतम, समाजसेवी सावित्री अधिकारी, दिवंगत श्रेष्ठका आमा लक्ष्मी श्रेष्ठ तथा धर्मपत्नी संगीता श्रेष्ठ, बुद्धीचाल महासंघका उपमहासचिव मोनालिसा खुम्बू र अखिल नेपाल बुद्धीचाल संघका प्रदेश अध्यक्षको उपस्थिती थियो।

समापन समारोहको कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सदस्य तथा नेपाल बुद्धिचाल महासंघका सदस्य बबी देवल पुनले गरेका थिए। प्रतियोगिताको खेल सञ्चालन मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजुको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको हो।

स्विस लिग प्रणालीमा दुई दिन सञ्चालित प्रतियोगितामा ४२ जनाको सहभागिता थियो। दिवंगत श्रेष्ठ एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ नेपाल बुद्धिचाल संघका पूर्वउपाध्यक्ष हुन्। उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता भएको थियो। नेपालको पायनियर चेस क्लब मखन चेस क्लबको विकासमा ठुलो भूमिका रहेका श्रेष्ठ ओलम्पियाड खेलाडी समेत हुन्।

नेपाली चेसलाई नयाँ स्वरूप र संरचनामा परिणत गर्ने सोच भएका उनकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो। सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्वमहिला राष्ट्रिय च्याम्पियन समेत हुन्। नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्र सहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी घोषित भएका थिए।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ५० बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको