दुई वर्षमा बन्नुपर्ने पुल आठ वर्षमा निर्माण सम्पन्न « Khabarhub

दुई वर्षमा बन्नुपर्ने पुल आठ वर्षमा निर्माण सम्पन्न


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । 

तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा निर्माण सुरु भएको आठ वर्षमा पुल निर्माण पूरा भएको हो । विसं २०७५ चैत १८ गते काम पूरा गर्नेगरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते सम्झौता भएको थियो ।

भ्याटबाहेक १० करोड ५० लाख २१ हजार चार सयमा उक्त पुल निर्माण भएको हो । व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माण विवादमा परेको थियो । त्यही विवादलाई देखाउँदै पटक–पटक  निर्माण कम्पनीले म्याद थप गरिएको थियो । यसरी लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारिसाधन वारपार गर्न समस्या हुने गरेको थियो । तर अहिले पुल बनेपछि निकै सहज भएको अटोचालक सुरेश परियारले बताए। 

‘वर्षात्मा निकै समस्या हुने गरेको थियो, पानीको वहाव बढ्दा एक घण्टाभन्दा बढी लगाएर खैरा हुँदै तुलसीपुर जानुपर्ने अवस्था थियो, अहिले त्यो समस्या हटेको छ’, परियारले भने।

पुल निर्माणका लागि स्थानीयले दबाब दिँदै आएका थिए । उक्त पुलको शिलान्यास कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए  । 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ४० बजे

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो