लिग-२ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित « Khabarhub

लिग-२ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं– क्यानडाले घरेलु मैदानमा खेलेको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका चारै खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न ओमानविरुद्धको खेल ५ विकेटले जितेसँगै क्यानडाले चारै खेल जितेर सिरिज कब्जा गरेको हो ।

ओमानले दिएको १९९ रनको लक्ष्य पछाएको क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि ओमानले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

यो जितपछि क्यानडाले लिग-२ मा १२ खेलमा ८ जित र ४ हारसहित १६ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै ओमानले भने लिग- २ मा चौथो हार बेहोरेको छ । ओमानको ८ खेलमा ६ अंक रहेको छ र लिगमा छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : १६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर