तस्बिर एजेन्सीबाट

खेलकुद

अल्भारेजको निर्णायक गोलमा एटलेटिको म्याड्रिड विजयी

By खबरहब

September 27, 2024

काठमाडौं– एटलेटिको म्याड्रिडले स्पेनिस ला-लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा खेलको ९०औं मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि एटलेटिको म्याड्रिडको ७ खेलमा १५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको ७ खेलमा ९ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।