हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न नेतान्याहुको निर्देशन « Khabarhub

हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न नेतान्याहुको निर्देशन


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न आग्रह गरेका छन् । यद्यपि अमेरिकालगायत इजरायल नजिकका अन्य देशहरूले युद्धविरामको लागि अनुरोध गरेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म लेबनानमा इजरायली हवाई आक्रमणमा पाँच सयभन्दा बढीले ज्यान गुमाएका छन्  ।

लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एउटा भवनमा भएको हवाई हमलामा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरूर मारिएको पनि हिजबुल्लाहले जनाएको छ। 

बुधबार अमेरिका, बेलायत र युरोपेली संघले तीन साताका लागि युद्धविरामको प्रस्ताव गरेका थिए । तर, बिहीबार इजरायलले यो प्रस्ताव स्वीकार गर्न अस्वीकार गरेको थियो ।

न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म नरोकिने बताएका थिए ।

नेतन्याहुले आफ्नो लक्ष्य गत वर्ष अक्टोबरमा हमासको आक्रमणका कारण देशको उत्तरी भागबाट विस्थापित भएका नागरिकहरूको सुरक्षित फिर्ता भएको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ०५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का