न्यायाधीश नियुक्तिविरुद्ध बारको आन्दोलन, वकिलहरूले घेरे न्याय परिषद् « Khabarhub

न्यायाधीश नियुक्तिविरुद्ध बारको आन्दोलन, वकिलहरूले घेरे न्याय परिषद्


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही असोज २० गते अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति तयारी थालेपछि वकिलहरूको विरोध पनि चर्किन थालेको छ ।

गत बुधबारदेखि आन्दोलित वकिलहरूले अवकाशमा जान लागेका प्रधानन्यायाधीशको अध्यक्षतामा न्याय परिषद्ले न्यायाधीश नियुक्ति तयारी थालेपछि नेपाल बार एसोसियसनले शुक्रबार न्याय परिषद घेराउ गरेको हो ।

न्यायाधीश नियुक्तिका लागि बिहीबार बैठक जारी रहँदा बार एशोसियसनमा आवद्ध कानुन व्यवसायीहरूले न्याय परिषद् घेराउ गरेका हुन।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वमा आन्दोलित वकिलहरूले अवकाशमा जान लागेका प्रधानन्यायाधीशले गैरसंवैधानिक रुपमा न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै विरोधमा न्याय परिषद घेराउ गरेका हुन् ।

यसअघि श्रेष्ठले नयाँ न्यायाधीश सिफारिस गर्न खोजेपछि वकिलहरू कालो ब्यानर बनाएर यही बुधबार विरोधमा उत्रिएका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले बुधबार दिउँसो न्याय परिषद्को बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेका थिए । त्यसलगत्तै बार आन्दोलित भएको थियो ।

एक वर्षदेखि विरोध गर्दै आएको गैरसंवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति नगर्न मागसहित बारले देशभरका इकाइमा आन्दोलन गरेको छ ।
हो ।

यसअघि बुधबार बार अध्यक्ष गोपालकृष्ण घिमिरेले अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठले गैरसंवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि उनकै आह्वानमा वकिलहरू देशभरका सम्बन्धित बार इकाइ परिसरमा कालो ब्यानरसहित विरोधमा उत्रिएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ३८ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी