न्यायाधीश नियुक्तिविरुद्ध बारको आन्दोलन, वकिलहरूले घेरे न्याय परिषद् « Khabarhub

न्यायाधीश नियुक्तिविरुद्ध बारको आन्दोलन, वकिलहरूले घेरे न्याय परिषद्


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही असोज २० गते अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति तयारी थालेपछि वकिलहरूको विरोध पनि चर्किन थालेको छ ।

गत बुधबारदेखि आन्दोलित वकिलहरूले अवकाशमा जान लागेका प्रधानन्यायाधीशको अध्यक्षतामा न्याय परिषद्ले न्यायाधीश नियुक्ति तयारी थालेपछि नेपाल बार एसोसियसनले शुक्रबार न्याय परिषद घेराउ गरेको हो ।

न्यायाधीश नियुक्तिका लागि बिहीबार बैठक जारी रहँदा बार एशोसियसनमा आवद्ध कानुन व्यवसायीहरूले न्याय परिषद् घेराउ गरेका हुन।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वमा आन्दोलित वकिलहरूले अवकाशमा जान लागेका प्रधानन्यायाधीशले गैरसंवैधानिक रुपमा न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै विरोधमा न्याय परिषद घेराउ गरेका हुन् ।

यसअघि श्रेष्ठले नयाँ न्यायाधीश सिफारिस गर्न खोजेपछि वकिलहरू कालो ब्यानर बनाएर यही बुधबार विरोधमा उत्रिएका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले बुधबार दिउँसो न्याय परिषद्को बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेका थिए । त्यसलगत्तै बार आन्दोलित भएको थियो ।

एक वर्षदेखि विरोध गर्दै आएको गैरसंवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति नगर्न मागसहित बारले देशभरका इकाइमा आन्दोलन गरेको छ ।
हो ।

यसअघि बुधबार बार अध्यक्ष गोपालकृष्ण घिमिरेले अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठले गैरसंवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि उनकै आह्वानमा वकिलहरू देशभरका सम्बन्धित बार इकाइ परिसरमा कालो ब्यानरसहित विरोधमा उत्रिएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ३८ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले