ब्रेकिङ स्टोरी

झरीमा रुझेको काठमाडौं (तस्बिरहरू)

By खबरहब

September 27, 2024

काठमाडौं- पछिल्लो २४ घण्टायता देशभर पानी परिरहेको छ ।

अबिरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ।

मौसम पूर्वानुमान महाशाखाले तराई-मधेशसहित २० जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको चेतावनी दिएको छ ।

गए रातिदेखिको झरीका कारण काठमाडौंको जनजीवन पनि प्रभावित भएको छ ।

देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

त्यसको प्रभाव काठमाडौंको जनजीवनमा पनि परेको छ। बिहानैदेखि मानिसहरूलाई घरबाट बाहिर निस्किन पनि पानीले कठिन बनाइदिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी