पहिरोले राप्ती लोकमार्ग अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिए। सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उनले बताए । 

केही स्थानमा पहिरो खसेको र केही स्थानमा सडक भासिएको सहायक प्रजिअ पुनले बताए। उनका अनुसार आजदेखि १३ असोजसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला सवारीसाधन, टिपर र ट्रक सञ्चालनमा रोक लगाइएको छ । साना सवारिसाधन पहिरो पन्छाएर सञ्चालनमा ल्याइने उनले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ५९ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना