पर्यटन क्षेत्रले अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ : कार्यवाहक प्रधानमन्त्री सिंह « Khabarhub

पर्यटन क्षेत्रले अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ : कार्यवाहक प्रधानमन्त्री सिंह


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याइरहेको योगदानको प्रशंसा गरे । तर, उनले सन्तोषजनक अवस्था भने नरहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने पनि बताए। 

‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ । कूल ग्राहस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ? त्यसतर्फ लाग्नुपर्ने आवश्यकता छ,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने,‘ पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउँछ । सहज रुपमा व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउनेछ ।’ 

उनले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको भन्दै यसमा के गर्दा राम्रो हुन्छ त्यसमा लाग्नुपर्ने बताए। पर्यटन क्षेत्रमा सक्रिय निजी क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था बनाउनका लागि सरकारले ध्यान दिने पनि उनले बताए। 

फरक सन्दर्भमा शहरी विकास मन्त्री समेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री सिंहले देशमा परिवारसँगै बसेर आर्थिक जीवन उकास्ने वातावरण बनाउन सरकार लागिरहेको बताए। अस्थिरताका कारण देशमा समस्या देखिएकैले अहिले राजनीतिक स्थायित्वका लागि संसदका दुई ठूला दल मिलेर सरकार बनेको भन्दै उनले सरकार जनताको पक्षमा सशक्त रुपमा अघि बढ्ने बताए।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ०५ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता