शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री | Khabarhub Khabarhub

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो ।

मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । शुक्रबार, शिगेरु इसिबा जापानको सत्तारुढ एलडीपी र देशको नेतृत्वमा निर्वाचित भएका हुन् । संसदको तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण रहेकाले इसिबा अब जापानको प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

जापानको लोकतान्त्रिक प्रणालीमा संसदको तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ । ६७ बर्षिय इशिबाले पहिलो र दोस्रो चरणको मतदानमा आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएका हुन् । पार्टी नेताको निर्वाचनमा पाँचौं पटकमा इसिबाले जित हासिल गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ५० बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा