लगातारको वर्षाका कारण आन्तरिक उडान ठप्प  « Khabarhub

लगातारको वर्षाका कारण आन्तरिक उडान ठप्प 


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार भइरहेको वर्षाका कारण त्रिभुवन विमानस्थलबाट हुने सम्पूर्ण आन्तरिक हवाई उडानहरू प्रभावित बनेका छन् ।

मौसम खराब भएका कारण बिहानै बाट सम्पूर्ण ठाउँका हवाई उडान प्रभावित बनेका हुन् । काठमाडौंबाट धनगडी, भैरहवा नेपागञ्ज र जनकपुरमा आज एक दुई वटा उडान भए पनि अन्य ठाउँमा उडान ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताएका छन् ।

आज बिहानै बाट अधिकांश ठाउँका उडानहरू फ्लाइटहरू रद्द भएका उनले बताएका छन् । उनका अनुसार बिहीबार देखि नै आन्तरिक उडानहरू प्रभावित भइरहेका छन् ।

बिहीबार बाटै लगातार वर्षाका कारण हवाई उडानमा समस्या भएको हो । मौसममा सुधार नआएसम्म अझै पनि सम्पूर्ण उडानहरू रद्द नै हुने विमानस्थलका प्रवक्ता शेर्पाले जनाएका छन् ।

आज मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको विमानस्थलले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहनुकासाथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार