लगातारको वर्षाका कारण आन्तरिक उडान ठप्प  | Khabarhub Khabarhub

लगातारको वर्षाका कारण आन्तरिक उडान ठप्प 


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार भइरहेको वर्षाका कारण त्रिभुवन विमानस्थलबाट हुने सम्पूर्ण आन्तरिक हवाई उडानहरू प्रभावित बनेका छन् ।

मौसम खराब भएका कारण बिहानै बाट सम्पूर्ण ठाउँका हवाई उडान प्रभावित बनेका हुन् । काठमाडौंबाट धनगडी, भैरहवा नेपागञ्ज र जनकपुरमा आज एक दुई वटा उडान भए पनि अन्य ठाउँमा उडान ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताएका छन् ।

आज बिहानै बाट अधिकांश ठाउँका उडानहरू फ्लाइटहरू रद्द भएका उनले बताएका छन् । उनका अनुसार बिहीबार देखि नै आन्तरिक उडानहरू प्रभावित भइरहेका छन् ।

बिहीबार बाटै लगातार वर्षाका कारण हवाई उडानमा समस्या भएको हो । मौसममा सुधार नआएसम्म अझै पनि सम्पूर्ण उडानहरू रद्द नै हुने विमानस्थलका प्रवक्ता शेर्पाले जनाएका छन् ।

आज मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको विमानस्थलले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहनुकासाथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : २५ बजे

ज्ञानेन्द्र शाहले अर्को मुर्खता गरे उनको अस्तित्व नै सकिन्छ : प्रचण्ड

रौतहट – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं महानगरबाट सीप सिकेका ५० प्रतिशत व्यक्ति रोजगार 

काठमाडौं– काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप अन्तर्गत अटोमोबाइल्सतर्फ ५० प्रतिशतले रोजगारी

‘स्वच्छ पानी, स्वस्थ जीवन’ को मूल मन्त्रलाई साकार पार्न अघि बढौँ : मन्त्री यादव

मोरङ– खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने

पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग

पोखरा– पोखरामा आयोजना गर्न लागिएको धार्मिक अनुष्ठान ‘कोटीहोम’ रोक्न विश्व

जनताको जीवन बदल्ने अभियानमा सबै केन्द्रित हुनुपर्छ : प्रचण्ड 

रौतहट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवन