चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी ! « Khabarhub

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको छ । समाचार एजेन्सी रोयटर्सले उपग्रहलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

डुबेको पनडुब्बी झाओ वर्गको थियो र आणविक शक्तिबाट चलेको थियो । घटना गत मे वा जुन महिनामा भएको भए पनि यसको जानकारी अहिले मात्रै बाहिर आएको छ ।

धेरै अमेरिकी अधिकारीहरूले पनि पनडुब्बी डुबेको दाबी गरेका छन् । तर, चीनले यो कुराको पुष्टि भने गरेको छैन । वाशिंगटनमा चिनियाँ दूतावासका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे र आफूलाई यससँग सम्बन्धित कुनै जानकारी नभएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।

मागत र्च १० मा, म्याक्सर टेक्नोलोजीको एक स्याटेलाइट छविले वुहान नजिकैको शिपयार्डमा झोउ-क्लास पनडुब्बी देखाएको थियो । यो पनडुब्बी यसको लामो पुच्छरद्वारा चिनिन्छ । यसपछि मे १६ मा प्लानेट ल्याब्सको स्याटेलाइट छविमा पनि देखियो । जुनको अन्त्यमा फेरि फोटो खिचियो, जसमा यो देखिएन ।

स्याटेलाइट छविहरूमा अनुसन्धान गर्ने टम शुगार्टले पहिलो पटक यो जानकारी दिए । शुगार्टले सुरुमा आफूले पनडुब्बी डुबेको हुनसक्ने अनुमान गरे पनि पछि यो चीनको आणविक शक्तिबाट चल्ने पनडुब्बी भएको थाहा भयो । उनले भने- ‘

स्यान डिएगोमा एउटा अमेरिकी आणविक पनडुब्बी डुब्यो र सरकारले यसलाई दबाएर कसैलाई यसबारे केही बताएन भने के तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? यो सम्भव छैन ।’

वाल स्ट्रिट जर्नलले पनडुब्बीलाई बचाइएको दाबी गरेको छ तर यसलाई फेरि सञ्चालनमा आउन केही महिना लाग्न सक्ने अनुमान गरिएको छ । पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले पनि यो घटनाको पुष्टि गरेको छैन ।

अमेरिकी अधिकारीले यो डुबेको कारण थाहा नभएको बताए । डुब्दा त्यसमा आणविक इन्धन थियो कि थिएन भन्ने बारे स्पष्ट नभएको बताइएको छ । यस दुर्घटनामा मानवीय क्षति भएको हो वा नभएको खुल्न सकेको छैन ।

यसअघि गत वर्ष अगस्टमा पनि चिनियाँ आणविक पनडुब्बीमा ५५ सैनिकको मृत्यु भएको दाबी गरिएको थियो । चिनियाँ पनडुब्बी पहेँलो सागरमा एउटा ब्यारियरसँग ठोक्किएपछि त्यसको अक्सिजन प्रणाली फेल भएको थियो । यसपछि निसास्सिएर सैनिकको मृत्यु भएको खबर आएको थियो । यद्यपि चिनियाँ अधिकारीहरूले कुनै दुर्घटना भएको अस्वीकार गरेका थिए ।

चीनले सबैभन्दा धेरै आणविक पनडुब्बी बनाउने तयारी गरिरहेको छ । चाइना मिलिटरी पावर रिपोर्ट २०२३ अनुसार चीनसँग ६ आणविक इन्धन ब्यालिस्टिक मिसाइल पनडुब्बी, ६ आणविक इन्धन आक्रमण पनडुब्बी र ४८ डिजेल आक्रमण पनडुब्बी छन् । त्यहाँ दुई प्रकारका परमाणु पनडुब्बीहरू छन् । ब्यालिस्टिक मिसाइल पनडुब्बी र आक्रमण पनडुब्बी । ब्यालेस्टिक मिसाइल पनडुब्बी बढी शक्तिशाली रहेको बताइएको छ ।

योसँगै अमेरिकासँग ५३ द्रुत आक्रमण पनडुब्बी, १४ ब्यालेस्टिक मिसाइल पनडुब्बी र चार गाईडेड मिसाइल पनडुब्बी छन् । अमेरिकाको सम्पूर्ण पनडुब्बी बेडा परमाणु ऊर्जामा चल्छ ।

चीनले आफ्नो पनडुब्बीको संख्या २०२५ सम्ममा ६५ र २०३५ सम्ममा ८० पुर्‍याउन चाहन्छ । चीनसँग पहिले नै ३७० भन्दा बढी जहाजहरू भएको विश्वको सबैभन्दा ठूलो नौसेना छ ।  चीनले अब परमाणु इन्धन जलाउने आक्रमणकारी पनडुब्बीको नयाँ पुस्ताको उत्पादन समेत सुरु गरेको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : ५३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका