राजनीति

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

By खबरहब

September 27, 2024

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११: ३० बजे बस्ने गरी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको उपनिर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेको चीन भ्रमणको रिपोर्टिङ गर्ने बताइएको छ ।

यस बैठकमा पार्टीको प्रथम राष्ट्रिय भेलाको समीक्षा तथा महाधिवेशनको विषयमा समेत छलफल हुने तयारी छ ।