खोटाङस्थित मध्यपहाडी लोकमार्गमा पहिरो, यातायात दुईतर्फी ठप्प « Khabarhub

खोटाङस्थित मध्यपहाडी लोकमार्गमा पहिरो, यातायात दुईतर्फी ठप्प


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

खोटाङ‍- मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित सडकखण्डमा ठूलो पहिरो झरेको छ।

शुक्रबार मध्यान्ह १२ बजेको समयमा हलेसी तुवाचुङ नगरपालिका–१० बर्खेटारस्थित मध्यपहाडी लोकमार्ग सडकखण्डमा करिब ४० मिटरमाथिबाट पहिरो झरेको हो ।

उक्त पहिरोले सडकको करिब २० मिटर खण्ड पुरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध हुँदा दुईतर्फ यातायात ठप्प भएको छ । अहिले पहिरो झरेको स्थानमा प्रहरी पुगिसकेको छ।

प्रहरीका अनुसार सडक खुलाउन स्थानीय तह र सडक विभागसँग समन्वय भइरहेको छ । अहिले सडक विभागको एक्साभेटर पहिरो हटाउन पुगिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ३ : ३३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका