बागमती र विष्णुमतीको बाढीले खतराको तह पार गर्‍यो « Khabarhub

बागमती र विष्णुमतीको बाढीले खतराको तह पार गर्‍यो


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : दुई दिनदेखि लगातार बर्षात् हुँदा काठमाडौंका नदीहरूमा ठूलो बाढी आएको छ ।

काठमाडौंका नदीको मुहान क्षेत्रहरू शिवपुरी, सुन्दरीजल, गोदावरीसहितका क्षेत्रमा लगातार पानी पर्दा बाढी उर्लिएको हो ।

बागमतीसहितका नदीहरूमा आएको बाढीले खतरा तह पार गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुासर बागमती नदी खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो ।

अहिले यी स्थानमा नदीको सतह बढ्दो क्रममा भएकाले तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेले रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको छ।

बाढीले पानीको सतह निरन्तर बढिरहँदा किनारका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले भनेको छ । महाशाखाले अझै केही दिन पानी पर्ने जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ३ : ४७ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका