उत्पादन र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री भण्डारी | Khabarhub Khabarhub

उत्पादन र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री भण्डारी


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पाटन– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्स्पो–२०२४’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यति बेला नीतिगत सुधार जटिलतालाई समाधान गर्नेतर्फ सरकार लागिपरेको बताए । उनले सरकारी तवरबाट लगानीकर्तामैत्री र परियोजनामैत्री वातावरण बनाउने क्रमबद्ध कार्य योजना तय भएको बताए ।

‘आर्थिक मन्दीले सुनचाँदी व्यवसाय फस्टाउन सकेको छैन, विभिन्न माध्यमबाट चोरीपैठारी र आयात भएको छ, यसलाई रोक्न  प्रयत्न गरिरहेका छौँ, कोटा प्रणालीमा आयात हुने हुँदा माग अनुसारको आपूर्तिमा पनि समस्या परिरहेको छ, हाम्रो मौलिक परम्परामा आधारित बहुमूल्य बस्तुका गरगहना निर्यातका लागि आपूर्ति सहज बनाउनु आजको आवश्यकता छ, यो क्षेत्रलाई निर्यात र रोजगारीको माध्यम बनाउन हामी तत्पर छौँ’, उनले भने ।

मन्त्री भण्डारीले हाम्रा सम्पदा र मौलिकता गौरवका विषय भएको उल्लेख गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र मुलुकको पहिचान भएको बताए । बहुमूल्य बस्तुहरूको चोरी, पैठारी र अनधिकृत तवरबाट हुने निकासीबाट सरकारले राजश्व गुमाइरहेको भन्दै उनले नेपाललाई बहुमूल्य बस्तु निर्यात गर्ने राष्ट्रको रूपमा चिनाउने कुरामा सरकार गम्भीर रहेको धारणा राखे ।

‘हाम्रो भन्सारले पारेको प्रभाव र निर्यातमा भएको समस्या समाधान गर्नु जरुरी छ, यसका लागि मन्त्रिपरिषद् र समितिमा छलफल भएको छ, हाम्रो कला, रोजगारी, मौलिक परम्परा यसमा जोडिएको छ, झन्डै तीन लाख रोजगारी सिर्जना भएको यस क्षेत्रका विषयमा सरकार गम्भीर छ, हामीले व्यावसायिकतामा देखिएका जटिलतालाई पनि सम्बोधन गर्नुपर्ने छ, निर्यातका लागि राष्ट्रिय सम्मेलन गरेर निर्यातका बस्तु तय गरिने छन्’, मन्त्री भण्डारीले भने ।

निजी क्षेत्र, व्यवसायी र व्यापारी हुँदा पनि वित्तीय क्षेत्रमा लगानी थुप्रिएको उल्लेख गर्दै उनले घरजग्गामा होइन, उद्योग क्षेत्रमा लगानी प्रोत्साहन गर्नु आवश्यक छ भने, ‘आन्तरिक र बाह्य लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध छ ।’

सांसद प्रेमबहादुर महर्जनले सबै समुदायमा गरगहना प्रयोग गर्ने संस्कृति रहेको भन्दै यो एक्स्पोबाट व्यापार मात्रै नभई संस्कृति प्रवर्द्धनमा पनि मद्दत पुग्ने बताए ।

महासङ्घका अध्यक्ष कृष्ण सुनुवारले एक्स्पो मौलिकता सांस्कृतिक विविधताको विकास र स्थानीय व्यापार प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुने बताए। उनले स्पष्ट ऐन, नियम र नियमावली नहुँदा रत्न तथा आभूषण व्यवसायमा समस्या भएकाले यसलाई सम्बोधन गर्न आवश्यक भएको बताए । प्रतिवर्ष अन्तर्राष्ट्रिय बजारमा दुई अर्बभन्दा बढीको रत्न तथा आभूषणको माग रहेकाले निर्यात गरेर व्यापार घाटा कम गर्न सकिने उनको भनाइ थियो ।

ललितपुर रत्न तथा आभूषण सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले रत्न तथा आभूषण क्षेत्रमा निर्यातमा कमी आउँदा उद्यमी व्यवसायी ढुक्क हुने अवस्था नरहेको बताए । पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा आजदेखि सुरु भएको एक्सपो यही असोज १३ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ४ : ४१ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित