मुग्लिङ-काठमाडौं सडकको दर्जन ठाउँमा पहिरो, राजधानी जोड्ने मुख्य नाका ठप्प « Khabarhub

मुग्लिङ-काठमाडौं सडकको दर्जन ठाउँमा पहिरो, राजधानी जोड्ने मुख्य नाका ठप्प


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो झरेको छ ।

जसका कारण संघीय राजधानी जोड्ने मुख्य राजमार्ग पूरै ठप्प भएको छ । यसका कारण चाडवाडको मुख्यमा राजधानीबाट घर जाने यात्रुको कन्तबिजोग भएको छ ।

यस सडकखण्डअन्तर्गत कोइराले, ८ किलो, नागढुङ्गा, सुरुङमार्ग लगायत दर्जनबढी ठाउँमा झरेको पहिरोका कारण यातायात अवरुद्ध छ ।

प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ । तर एक ठाउँको पहिरो पन्छाइसक्दै अर्को ठाउँमा पहिरो झर्ने गरेकाले यात्रुलाई सास्ती भएको छ ।

प्रहरीका अनुसार मुग्लिङ-नारायणगढ र पाेखरा सडकखण्ड सामान्य छ । बर्षा नरोकिएकाले अत्यावश्यकबाहेक यात्रा नगर्नसमेत प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ४ : ५३ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा