चाडपर्व मनाउन जानेको यात्रा सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण « Khabarhub

चाडपर्व मनाउन जानेको यात्रा सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले चाडपर्वको समयमा घर जाने नागरिकका लागि सहज यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर सडकहरूको मर्मत गर्नुपर्ने, यातायातका साधनको अभाव हुन नदिन, यात्रुहरूको सुरक्षाको व्यवस्था लगायतका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

विभागका प्रमुख खिमलाल भट्टराईले यात्रुहरूको ठूलो पंक्तिका लागि सहज रूपमा सवारी साधनको व्यवस्था गर्न, राजमार्गहरूको मर्मत सम्भार गर्न ध्यानाकर्षण गराइएको बताए । उनले सम्भावित दुर्घटना र जोखिमबाट बच्न सडक एम्बुलेन्स र आवश्यक सुरक्षाकर्मीहरूको प्रबन्ध गर्न ध्यानाकर्षण गराए ।

राजमार्ग छेउका होटलहरुमा गुणस्तरीय खाजा खानाका साथै ठगि हुन नदिन सरोकारवाला निकायको प्रभावकारी परिचालन गर्न पनि उनले आग्रह गरे ।

ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चाडपर्वलाई सुरक्षित तवरले मनाउने वातावरण बनाउन सरकारी निकायबीच समन्वयकारी ढंगले काम भइरहेको जानकारी दिए  । ध्यानाकर्षणमा रहेका बुँदाहरूलाई कार्यान्वयनका लागि आफूले सक्दो पहल गर्ने उनको भनाइ छ ।

त्यस्तै एमालेले चाडपर्वमा हुनसक्ने महंगी र कालोबजारी रोक्न प्रभावकारी अनुगमन गर्नुपर्ने, सुपथ मूल्यका पसलहरू देश भरी खोल्नुपर्ने लगायतका सुझाव दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ५ : ४२ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको