कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा « Khabarhub

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम,व्यवसायमा लाग्ने युवाहरूको लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवाहरूमा कृषि प्रतिमोह बढेको हो ।

यहाँका युवाहरूले अहिले व्यावसायिक रूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा मेहनत बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यही नै उद्यममा जुटेका हुन् ।

टेम्केमैयुङ गाउँपालिकाका स्थानीय गुणराज राउतले विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन्  । विदेशमा १५ वर्ष बिताएका राउत अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लागेका हुन् ।

‘विदेशमा लामो समय बिताए’ उनले भने,’धेरै मेहनत गर्दा पनि सोचे जस्तो आम्दानी गर्न भएन । अहिले आफ्नै ठाउँमा व्यावसायिक रूपमा बाख्रापालनमा लागेको छु । बाख्रापालनबाट यही राम्रो आम्दानी गरिरहेको छु ।’

विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । मानिसहरूले विदेशमा बगाउने पसिना यही बगाए देशलाई पनि योगदान पुग्ने राउतको भनाइ छ । कृषकहरूलाई व्यावसायिक रूपमा बाख्रापालनको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनले बताए । ग्रामिण भेगमा पशुचिकित्सकहरुको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उनले बताए ।

विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रूपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताए। उनले व्यावसायबाट वर्षमा तीनदेखी पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको जानकारी दिए । टेम्केमैयुङ गाउँपालिका कुमार विष्टले विदेशबाट फर्केर व्यावसायिक किवी र एभोकाडोको खेती गरिरहेको बताए।

अबको केही वर्षमा वार्षिक छदेखी आठ लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक विष्टको भनाइ छ । १५ रोपनी क्षेत्रमा किवीको व्यावसायिक खेती थालेको उनको भनाइ छ । किवीले यस वर्षबाट फल दिन थालेको उनले बताए । ‘आफ्नै ठाउँमा केही गर्ने सोचले व्यावसायिक कृषि खेतीमा लागेको छु’उनले भने,’आफ्नै ठाउँमा योजनाबद्ध रूपमा व्यावसायिक बन्न सकियो भने राम्रो आम्दानी लिन सकिन्छ । आफ्नै ठाउँमा नमुनायोग्य काम गर्ने सोचका साथ कृषि कर्ममा लागेको छु ।’

युवाले विदेश जान भन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्न सके जीवन गुजारा गर्न समस्या नरहेको उनको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि स्वदेश फर्केर आएर व्यावसायिक रूपमा काम सुरुआत गरेको उनले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ०५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका