दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात « Khabarhub

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार छ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो ।

यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार ११ अर्ब छ करोड ५२ लाख चार हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ भने १३ अर्ब ६४ करोड ५२ लाख ५० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।

त्यस्तै, एलपी ग्यास नौ अर्ब ४२ करोड ५६ लाख ८५ हजार रुपैयाँ बराबरको आयात भएको छ । उक्त अवधिमा सवारी साधनको आयात पनि उच्च देखिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई अर्ब ९४ करोड रुपैयाँ बराबरको मोटरसाइकल र दुई अर्ब ४३ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको छ ।

नेपालबाट बढी निर्यात हुनेमा कार्पेट, चिया, जुट, धागोलगायतका वस्तु छन् । विभागका अनुसार साउन र भदौ महिनामा सबैभन्दा धेरै एक अर्ब ९९ करोड ९६ लाख सात हजार रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ । त्यस्तै एक अर्ब १४ करोड २४ लाख ३२ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । जुट, धागो, जुसलगायतका वस्तु बढी निर्यात हुनेमा रहेका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा कूल दुई खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ ।

साउन र भदौ महिनामा दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको आयात हुँदा २५ अर्ब नौ करोड ३१ लाख तीन हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ४५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।