‘झोला’का निर्देशकले ल्याए ‘झिल्को‘, पुष ५ बाट प्रदर्शन « Khabarhub

‘झोला’का निर्देशकले ल्याए ‘झिल्को‘, पुष ५ बाट प्रदर्शन


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यादवकुमार भट्टराईको निर्देशन रहेको फिल्म ‘झिल्को’को फस्टलुक पोस्टर र प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार पोस्टर सार्वजनिक गर्दै पुष ५ गतेलाई प्रदर्शन मिति तय गरिएको जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेल नायिका वर्षा सिवाकोटी, कलाकार भोलाराज सापकोटा, विशाल पोखरेल र बालकालाकार आयुषी ढकाल फिचर्ड छन् । पोस्टरको केन्द्र भागमा मोवाइलको स्क्रिनमा आयुषीलाई देख्न सकिन्छ । पोस्टरले उनी संकटमा परेको संकेत गर्छ । बाँकी कलाकार मोवाइलको दायाँ-बायाँ छन् ।

निर्देशक भट्टराईका अनुसार मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या, त्यसले उत्नपन्न हुने परिवारिक र समाजिक घटनामा आधारिक कथामा फिल्म बनेको छ ।

फिल्मबारे उनी थप्छन्, ‘ग्याजेटहरुले बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको छ । प्रयोग गर्न नजान्दा ठूलो समस्याका विकास भएका छन् । यो डिजिटल दुर्व्यसनी बनेको छ । आजको यही संवेदनशिल विषय कथा हो-झिल्को ।’

यो फिल्मको छायाङ्कन गत चैत महिनामा सुरु भएको थियो । उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा छायाङ्कन भएको बुझिएको छ ।

निर्देशक भट्टराई फिल्म ‘झोला ’ निर्देशन गरेर चर्चामा आएका हुन् । उनको निर्देशन रहने यो तेस्रो फिचर फिल्म हो ।

झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देव व्रतले तयार पारेका हुन्। मिडिया फर कल्चरको प्रस्तुति रहने यस फिल्मको निर्मात सुशिला आचार्य हुन् । कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : ३४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया