‘एक्टर’को कथा राजबल्लभ कि प्रदीपको ? « Khabarhub

‘एक्टर’को कथा राजबल्लभ कि प्रदीपको ?


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजबल्लभ कोइरालाको ‘कमब्याक’ फिल्म ‘एक्टर: टेक वन’को टिजर सार्वजनिक भएको छ । १ मिनेट २० सेकेन्डको टिजरमा नायक कोइराला स्टाइलिस लुक्समा इन्ट्री दिएको दृश्य पनि अटाएको छ ।

टिजरमा शीर्ष चार कलाकारलाई नै स्थान दिइएको छ । नायक प्रदीप खड्कालाई भने विभिन्न चरित्रमा देखाइएको छ । उनी, नायिका आना शर्मा र दिव्या रायमाझी प्रेममा रहेको टिजरमा देख्न सकिन्छ । साथै, टिजरले त्रिकोणात्मक प्रेम सम्बन्धको कथा फिल्ममा रहेको पनि सङ्केत गर्छ ।

फिल्ममा राजबल्लभले प्रदीपलाई भन्छन्, ‘एक्टर ! यो मेरो स्टोरी हो । क्लाइमेक्स पनि मेरो हातमा छ ।’ यस संवादबाट प्रदीपले फिल्ममा एक्टरको भूमिका निर्वाह गरेको अनुमान लगाउन सकिन्छ ।

साथै, टिजरमा प्रदीपले ‘यो कथा मेरो हो’ संवाद बोलेका छन् । यसबाट पनि एक्टरको कथा प्रदीप केन्द्रित हो भन्ने बुझ्न सकिन्छ ।

राजन भुसालको निर्देशन रहेको यस फिल्म आगामी कार्तिक १५ अर्थात् लक्ष्मी पूजाबाट प्रदर्शनमा आउँदैछ । यसै फिल्मबाट नायक कोइराला १० वर्षपछि पर्दामा फर्कंदैछन् । नायक दिलीप रायमाझीकी छोरी दिव्याको यो डेब्यू फिल्म हो ।

यस फिल्ममा राजबल्लभ, प्रदीप, आना, दिव्यासहित दिव्यदेव र उषा रजक लगायतको अभिनय रहेको बताइएको छ । फिल्मको स्क्रिप्ट आकाश बराल र निर्देशक भुसालले संयुक्त रूपमा लेखेका हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति यस फिल्मका निर्माता थमनकुमार भण्डारी हुन् । अनिश भुसाल सह-निर्माता र क्रियटीभ प्रोड्युसर मोती कार्की हुन् ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : १५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार