‘एक्टर’को कथा राजबल्लभ कि प्रदीपको ? « Khabarhub

‘एक्टर’को कथा राजबल्लभ कि प्रदीपको ?


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजबल्लभ कोइरालाको ‘कमब्याक’ फिल्म ‘एक्टर: टेक वन’को टिजर सार्वजनिक भएको छ । १ मिनेट २० सेकेन्डको टिजरमा नायक कोइराला स्टाइलिस लुक्समा इन्ट्री दिएको दृश्य पनि अटाएको छ ।

टिजरमा शीर्ष चार कलाकारलाई नै स्थान दिइएको छ । नायक प्रदीप खड्कालाई भने विभिन्न चरित्रमा देखाइएको छ । उनी, नायिका आना शर्मा र दिव्या रायमाझी प्रेममा रहेको टिजरमा देख्न सकिन्छ । साथै, टिजरले त्रिकोणात्मक प्रेम सम्बन्धको कथा फिल्ममा रहेको पनि सङ्केत गर्छ ।

फिल्ममा राजबल्लभले प्रदीपलाई भन्छन्, ‘एक्टर ! यो मेरो स्टोरी हो । क्लाइमेक्स पनि मेरो हातमा छ ।’ यस संवादबाट प्रदीपले फिल्ममा एक्टरको भूमिका निर्वाह गरेको अनुमान लगाउन सकिन्छ ।

साथै, टिजरमा प्रदीपले ‘यो कथा मेरो हो’ संवाद बोलेका छन् । यसबाट पनि एक्टरको कथा प्रदीप केन्द्रित हो भन्ने बुझ्न सकिन्छ ।

राजन भुसालको निर्देशन रहेको यस फिल्म आगामी कार्तिक १५ अर्थात् लक्ष्मी पूजाबाट प्रदर्शनमा आउँदैछ । यसै फिल्मबाट नायक कोइराला १० वर्षपछि पर्दामा फर्कंदैछन् । नायक दिलीप रायमाझीकी छोरी दिव्याको यो डेब्यू फिल्म हो ।

यस फिल्ममा राजबल्लभ, प्रदीप, आना, दिव्यासहित दिव्यदेव र उषा रजक लगायतको अभिनय रहेको बताइएको छ । फिल्मको स्क्रिप्ट आकाश बराल र निर्देशक भुसालले संयुक्त रूपमा लेखेका हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति यस फिल्मका निर्माता थमनकुमार भण्डारी हुन् । अनिश भुसाल सह-निर्माता र क्रियटीभ प्रोड्युसर मोती कार्की हुन् ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : १५ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा