‘पूर्णबहादुरको सारङ्गी’ : मुकुनको भूमिका ‘बिरे’, बुद्धिको ‘ढाक्रे माइला’ « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ : मुकुनको भूमिका ‘बिरे’, बुद्धिको ‘ढाक्रे माइला’


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा कलाकारले निर्वाह गरेको चरित्र खुल्ने पोस्टर सार्वजनिक भइरहेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले प्रचारका रुपमा पोस्टरहरु सार्वजनिक गरिरहेको हाे ।

करिब एक महिनाअघि फिल्मका शीर्ष कलाकार विजय बराल र प्रकाश सपुत चरित्र खुल्ने पोस्टर सार्वजनिक गरिएकाे थियाे । सार्वजनिक टिजरमा पनि विजय र प्रकाश मात्रै अटाएका थिए ।

निर्माण पक्षले फिल्मका अर्का शीर्ष कलाकार नायक मुकुन भुसाल भूमिका खुलाएको थिएन । यसैबीच बिहीबार मुकुनको चरित्र खुल्ने पोस्टर सार्वजनिक भएको छ । सो पोस्टरमा फिल्ममा उनी ‘बिरे’को भूमिकाम रहेको पनि खुलाइएको छ ।

पोस्टरमा मुकुनका दुई तस्बिरले स्थान पाएको छ । दुवैमा उनी गाउँले अधवैँशे पुरुषको भूमिकामा देखिएका छन् । पृष्ठभूमिको ठूलो तस्बिरमा उनी सुर्ती माडिरहेको छन् ।

पोस्टरको तल्लो भागमा मुकन गाउँले परिवेशका चार व्यक्तिको बीचमा छन् । सो तस्बिरमा ढाका टोपी, कालो सर्ट र कट्टु लगाएका मुकुनको हातमा हसियाँ छ ।

त्यस्तै, निर्माणले शुक्रबार बुद्धि तामाङको चरित्र खुल्ने पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरबाट उनी ढाक्रे माइला’ भूमिका रहेको जानकारी दिइएको छ । सो पोस्टरको तल्लो भागमा विजय र मुकुनलाई पनि प्रस्तुत गरिएको छ ।

कात्तिक १४ अर्थात लक्ष्मी पूजाबाट पदर्शनमा आउने यस फिल्ममा विजय, प्रकाश, मुकुन, बुद्धिसहित अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा लगायतको अभिनय छ ।

निर्माण पक्षका अनुसार सोसल ड्रामा जनरामा बनेको यस फिल्म गन्धर्व परिवारको कथामा आधारित छ । यो फिल्मको लेखक र निर्देशक सरोज पौडेल हुन् । पटकथा तथा संवाद भने महेश दवाडीको छ ।

सेभेनसिज सिनेमा र बासुरी फिल्मको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माता विनोद पौडेल र प्रतीक सुबेदी हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ९ : १७ बजे

मूर्ति विसर्जन गर्न कोसी कटानमा भिड (तस्बिरहरू)

काठमाडौं– हिजो विश्वकर्मा पूजा गरेको माटाको मूर्ति विसर्जन गर्न आज

रसुवा बाढीपीडित व्यवसायीलाई राहत पुनस्र्थापना कार्यक्रम शीघ्र कार्यान्वयन गर्न समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढीबाट प्रभावित व्यावसायिक प्रतिष्ठानहरूका

आइभीएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि

राष्ट्रियसभा : सहायक प्रजनन प्रविधिको प्रयोगसम्बन्धी कानुन निर्माणको सङ्कल्प प्रस्ताव पारित

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा (मकवानपुर)- बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली