उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम « Khabarhub

उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार बेलुकीदेखि निरन्तर परिरहेको वर्षाका कारण काठमाडाैं उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाको सानेपास्थित बागमती नदीमाथिको कालोपुल, इच्छुमती (टुकुचा), लैनचौर, सङ्कटा पुल, टङ्केश्वर, परोपकार, नख्खुखोला पुल, कलङ्कीको ट्राफिक प्रहरी प्रभागलगायत सथनमा पानी जमेर समस्या भएको महाशाखाका प्रवक्ता रविन कार्कीले दिए ।

यसैगरी दरबारमार्गस्थित होटल याक एण्ड यति अघि रुख पल्टिएर आधा घण्टा सडक जाम भएको उनले सुनाए ।

दक्षिणकालीबाट फाखेल हुँदै हेटौंडा जाने सडक पनि पहिराका कारण अवरुद्ध भएको छ । नागढुङ्गाबाट सिस्नेखोला निस्कने सुरुङमार्ग नजिकै पहिरो गएर पनि सडक अवरुद्ध भएको छ ।

यसैगरी स्वयम्भूमा गुडिरहेको बाइकसहित चालकलाई अविरल वर्षाका कारण आएको बाढीले वेपत्ता बनाएको छ । बाइक भेटिएपनि मानिस अझै वेपत्ता भइरहेको जनाइएको छ । बालाजु नयाँ बसपार्क क्षेत्रमा बाइक खोलाले बगाएको छ । मानिस भने सामान्य अस्थामा छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ९ : ५६ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा