प्रधानसेनापतिद्वारा शान्ति सैनिकबारेमा जानकारी « Khabarhub

प्रधानसेनापतिद्वारा शान्ति सैनिकबारेमा जानकारी


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिएका छन् ।

त्यसअवसरमा सिरियाका फोर्स कमान्डर तथा लेवनानका डेपुटी फोर्स कमाण्डर र सिनियर नेशनल अधिकृतले लेबनानको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमबारे प्रधानसेनापतिलाई जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो क्रममा प्रधानसेनापति सिग्देलले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधन गर्दै आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहँदै धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिएको पनि निर्देशनालयले जनाएको छ ।

उनले प्रतिकुल अवस्थामा नेपाली शान्ति सैनिकले देखाएको अनुशासन र कर्तव्यपरायणताको उच्च प्रशंसा गरे । हाल उक्त मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको