प्रधानसेनापतिद्वारा शान्ति सैनिकबारेमा जानकारी | Khabarhub Khabarhub

प्रधानसेनापतिद्वारा शान्ति सैनिकबारेमा जानकारी


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिएका छन् ।

त्यसअवसरमा सिरियाका फोर्स कमान्डर तथा लेवनानका डेपुटी फोर्स कमाण्डर र सिनियर नेशनल अधिकृतले लेबनानको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमबारे प्रधानसेनापतिलाई जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो क्रममा प्रधानसेनापति सिग्देलले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधन गर्दै आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहँदै धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिएको पनि निर्देशनालयले जनाएको छ ।

उनले प्रतिकुल अवस्थामा नेपाली शान्ति सैनिकले देखाएको अनुशासन र कर्तव्यपरायणताको उच्च प्रशंसा गरे । हाल उक्त मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ४३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग