अन्तर्राष्ट्रिय

मोदी र जेलेन्स्कीबीच एक महिनामा दोस्रोपटक भेटवार्ता

By खबरहब

September 27, 2024

काठमाडौं – झण्डै एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगदोस्रो पटक भेटवार्ता गरेका छन् । अमेरिका भ्रमणका क्रममाभारतीय प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचभेटवार्ता भएको हो ।

यसअघि प्रधानमन्त्री मोदीले गत अगस्ट २३ मा युक्रेनको भ्रमणगरेका थिए । युक्रेनमा जारी युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रियसमुदायले भारतीय भूमिकाको अपेक्षा गरिरहेका बेला पछिल्लोभेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुबै नेताले द्विपक्षीय सहकार्य अभिवृद्धि गर्नसहमती जनाएको भारतीय समाचार संस्था एएनआईलेजनाएको छ । चारपक्षीय सुरक्षा संवाद क्वाडको सम्मेलनमासहभागी हुन प्रधानमन्त्री मोदी अमेरिका पुगेका हुन् भने संयुक्तराष्ट्रसंघीय महासभामा सहभागी हुन राष्ट्रपति जेलेन्स्कीअमेरिकामा रहेका छन् ।